Sunday, May 31, 2009

सेनको संक्षिप्त जीवनी

 

बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गते भारतको देहरादुनमा जन्मनुभएका कृष्ण सेन 'इच्छुक' सानैदेखि अन्याय र अत्याचारका विरुद्ध खरोरूपमा बोल्ने व्यक्तित्व हुनुहुन्थ्यो । यमबहादुर सेनका तीन छोरामध्ये कृष्ण सेन पहिलो सन्तान हुनुहुन्थ्यो ।


बुबा सेन भारतीय सेनामा भएका कारण उहाँ भारतमा जन्मनुभएको हो । उहाँले प्रारम्भिक शिक्षा १ देखि ३ सम्म देहरादुनबाट र ४ देखि ५ सम्म गोरखपुरबाट लिनुभएको थियो । त्यसपछि बुबा सेनाबाट निवृत्त भएपछि दाङको आदर्श माध्यमिक विद्यालय लालमटियामा ६ देखि ८ कक्षासम्मको अध्ययन गर्नुभयो । लालमटियामा अध्ययन गर्दा बामपन्थी नेता तथा हाल जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष रश्मिराज नेपाली र तत्कालीन समयमा आदर्श मावि लालमटियाका शिक्षक श्रीधर चट्टानका विद्यार्थी भएकाले उहाँहरूबाटै प्रेरित भएर इच्छुकले राजनीतिक जीवन सुरु गर्नुभएको हो । 


उहाँले गोबटियाको माध्यमिक विद्यालयमा एसएलसी पास गर्नुभएको हो । एसएलसी पास गरिसकेपछि पारिवारिक समस्याका कारण सेनले नेपाल-भारत सिमानामा पर्ने दाङको कोइलाबासमा रहेको साल्ट टेडि्रङ कर्पोरेसन लिमिटेडमा २०३१ देखि २०३६ सालसम्म -६ बर्ष जागिर खानुभयो । जागिरसँगै उहाँले भारतको बनासरबाट आई.ए. पास गर्नुभयो । 


२०३६ सालमा कोइलाबासको जागिर छाडेर उहाँ दाङको महेन्द्र बहुमुखी क्यामपसमा बीएमा पढ्न थाल्नुभयो । देशमा पञ्चायती व्यवस्था हुँदाको अवस्थामा उहाँ चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा सेनको प्रतिभाबाट निरङ्कुश पञ्चायती व्यवस्थाका शासकहरू 'उग्रपञ्च'हरू आकृष्ट भए र उहाँलाई सुरक्षा कानुन अनुसार ०३८ बाट ०४४ -६ बर्ष सम्म घोराही र तुल्सीपुरको जेलमा राखे । 


६ बर्षो जेल बसाइबाट छुटेपछि सेन काठमाडौँ आउनुभयो । काठमाडाँमा उहाँले २०५१ सालमा कर्ीर्तिपुर विश्वविद्यालयमा एम.एड.मा भर्ना हुनुभयो । उहाँ २०४५ सालबाटै योजना साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभयो । उहाँले राजनीति र साहित्यतर्फकलम चलाइसक्नुभएकाले योजनामा सजिलैसँग प्रवेश पाउनुभयो । त्यसअघि दाङको जेलबाट छुटिसकेपछि उहाँले उतैबाट केही समय ध्वनि साहित्यिक पत्रिकाको प्रकाशन सुरु गर्नुभएको थियो । 


योजना साप्ताहिकमा काम गर्दैगर्दा सेनले कलम त्रैमासिक साहित्यिक पत्रिका प्रकाशित गर्न थाल्नुभयो । त्यसलगत्तै उहाँ जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गर्न थाल्नुभयो । जनादेश साप्ताहिकमा काम गर्दै जाँदा ०५२ साल फागुनबाट देशमा माओवादीले सशस्त्र जनयुद्धको थालनी गरे । उहाँ जनताको वास्तविक मुद्दा माओवादीले मात्र उठाउनसक्छ भन्ने ध्येयले माओवादी नजिक रहनुभयो ।


जनयुद्ध सुरु भएपछि पहिलोपटक २०५३ साल पुस १९ गते रामेछाप जिल्लाको बेथान प्रहरी चौकी कब्जा गरेको निरन्तरतास्वरूप ०५५ साल पुस २९ गते ललितपुरको भट्टेडाँडामा माओवादीले आक्रमण गरी इलाका प्रहरी चौकी कब्जा गरे । पुस २१ गतेको जनादेश साप्ताहिकमा फोटो सहित "भट्टेडाँडामा माओवादीको साहसिक आक्रमण" भन्ने शर्ीष्ाकको ब्यानर समाचार छापियो । सोही दिन कार्यालयमा प्रहरीले छापा मार्‍यो । त्यस बेला प्रहरीले सेनलाई पक्राउ गर्न सकेन । 


पत्रिकाका सल्लाहकार शक्ति लम्साल, व्यवस्थापन सहयोगी धनबहादुर मगरलगायतका १३ जना जनादेशसम्बन्ध पत्रकारहरूलाई सुरक्षाकर्मीले पक्राउ गर्‍यो । प्रहरीले सेनलाई खोजिनिती गर्न थालेपछि उहाँ ०५५ साल पुसदेखि बैशाखसम्म अर्धभूमिगत रहनुभयो । पत्रिका भूमिगतरूपमा निरन्तर चलिरहेको थियो । 


त्यसपछि ०५६ साल जेठ ६ गते सोमबार सुन्धाराको एक होटलमा खाना खान गएको बेला सेनलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ गरेपछि उहाँलाई पहिले काठमाडौँको हनुमानढोका लगियो । हनुमानढोकाबाट केन्द्रीय कारागार चलान गरियो । त्यसपछि जनकपुर जिल्ला कारागारबाट सिराहा कारागार लगियो । त्यतिबेलासम्म अदालतले चारपटक रिहा गर्ने आदेश दिए पनि सुरक्षाकर्मीले विभिन्न प्रहरी चौकी र सेनाको ब्यारेकमा राखिरहृयो । पत्रकारहरूको देशव्यापी पर््रदर्शनका कारण सरकारले जलेश्वर कारागारबाट ०५७ चैतको अन्तिमतिर उहाँलाई रिहा गर्‍यो । 


जेलबाट छुटेर आइसकेपछि उहाँले जनदिशा दैनिक पत्रिका प्रकाशन सुरु गर्नुभयो । उहाँ छुट्दा सरकार र माओवादीबीच शान्तिवार्ता चलिरहेको थियो । वार्ता भङ्ग भएपछि जनदिशा दैनिक पत्रिका बन्द भयो । उहाँले जनदिशालाई जेठको पहिलो हप्तासम्म निरन्तरता दिनुभयो । 


त्यसपछि जेठ ६ गते नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रबाट उहाँको घरधनीलाई समातेको र घरधनीमार्फ सेनसहित भरत सिग्देल, सङ्गीता खड्का, शिव तिवारी, प्रभात चलाउनेलाई पक्राउ गरेको थियो । सेनलाई पक्राउ गरेको सात दिनपछि अर्थात जेठ १३ गते -आजकै दिन) काठमाडौँको महेन्द्र पुलिस क्लबभित्र रहेको भिआइपी कक्षमा यातना दिई हत्या गरियो ।


सेनका तीनवटा कृतिहरू प्रकाशित छन्, जसमा 'इतिहासको यस घडीमा', 'बन्दी र चन्द्रागिरि' र 'स्वकाञ्जली' रहेका छन् । 'इतिहासको यस घडीमा' नामक कृति उहाँले ०५६ सालमा भद्रगोल कारागारमा लेख्नुभएको हो ।


0 comments: