Latest News

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Friday, April 17, 2009

शहीदका छोराछोरीका लागि निःशुल्क आवासीय शिक्षा

नरेन्द्र केसी
दाङ/पश्चिम नेपालका अति द्वन्द्वप्रभावित नौ जिल्लामा जनयुद्धको क्रममा अभिभावक गुमाएका अतिविपन्न बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा शुरु गरिएको छ । जसअनुसार रोल्पा, रुकुम र सल्यानमा यसअघि सञ्चालित नमूना आवासीय विद्यालयहरुलाई व्यवस्थित गर्न लागिएको छ र अन्य ६ जिल्लाका शहीद तथा वेपत्ता नागरिकका छोराछोरीलाई दाङमा ल्याएर पढाउन शुरु गरिएको छ । 
 सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका शहीद परिवारको शिक्षाको उचित व्यवस्थाको लागि पाँचै विकास क्षेत्रमा लागु हुने गरी सरकारले आर्थिक वर्ष२०६५/
०६६ को बजेटमा ५ करोड रुपैया विनियोजन गरेपछि माओवादीनिकट शहीद प्रतिष्ठान नेपालले आवासीय पठनपाठन शुरु गरेको हो । 
 जसअनुसार प्युठान, दाङ, बा“के, बर्दिया, कैलाली र कञ्चनपुरका द्वन्द्वपीडित अतिविपन्न ५० बालबालिकालाई दाङमा ल्याएर पढाउन शुरु गरिएको छ । उनीहरु शहीद तथा वेपत्ता नागरिकका छोराछोरी हुन् । जसमा दाङका १०, प्युठान, बा“के, बर्दिया, कैलाली र कञ्चनपुरका ५/५ तथा विशेष कोटाका १५ जना बालिका छन् । 
 दाङको जनकल्याण माध्यामिक विद्यालय दुधराशमा पठनपाठन शुरु गरेका ती बालबालिकाको लागि नजिकै घर भाडामा लिएर छात्रावासको व्यवस्था गरिएको छ भने उनीहरुलाई सामूहिक बसोबासको व्यवस्था मिलाइएको छ । ती बालबालिकालाई खाने, लगाउने, बस्नेलगायत शैक्षिक सामग्री र स्वास्थ्य उपचारसहित आवश्यक सम्पर्ूण्ा खर्च व्यहोर्ने गरी शहीद स्मृत्ति छात्रावासको स्थापना गरिएको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रत्नबहादुर ओलीले बताउनुभयो । छात्रावासलगायत ती बालबालिकाको लागि आवश्यक पर्ने सम्पर्ूण्ा खर्च शहीद प्रतिष्ठान नेपालले व्यहोर्ने पनि उहा“ले जानकारी दिनुभयो । 
 द्वन्द्वपीडित बालबालिका आएपछि सो विद्यालयमा शहीद प्रतिष्ठानले व्यहोर्ने गरी शिक्षक पनि थप गरिएको छ । यो शैक्षिकसत्रमा शहीद तथा वेपत्ता नागरिकका छोराछोरी ५० जना थपिएकाले एक जना शिक्षक थप गरिएको जानकारी दिंदै उपाध्यक्ष ओलीले आगामी शैक्षिकसत्रदेखि १ सय ५० जना द्वन्द्वपीडित विद्यार्थी आउने र त्यहीअनुपातमा शिक्षक थपिने बताउनुभयो । विद्यार्थीहरुलाई छात्रावासमा खाना खुवाउन ३ जना मेस कर्मचारी र सा“झ विहान पढाउन ३ जना शिक्षक नियुक्त गरिएको छ । 
 उता रुकुम रोल्पा र सल्यानमा सञ्चालित नमूना आवासीय विद्यालयहरुलाई थप व्यवस्थित गरिने भएको छ । जनयुद्धकोक्रममा अभिभावक गुमाएका वा अभिभावक युद्धमा गएपछि साहराविहीन भएका बालबालिकाहरुले तीन विद्यालयमा पढिरहेका छन् । त्यस्ता विद्यालय अहिले रुकुमको क्याङसी, रोल्पाको थवाङ र सल्यानको सिर्पामा सञ्चालित छन् । 
शिक्षक संगठनका उपाध्यक्ष ओलीका अनुसार रुकुममा १ सय १६, रोल्पामा १ सय ४५ र सल्यानमा १ सय ६८ जना द्वन्द्वप्रभावित बालबालिकाले अध्ययन गरिरहेका छन् । तीमध्ये तीनवटै विद्यालयमा ६०/६० जना बालबालिकाको लागि आवासीय व्यवस्था गरिएको छ ।